२०८३ आश्विन १ गते बिहिवार
बागमती प्रदेश सरकारले चेपाङ जातिको न्वागी (छोनाम) पर्वको अवसरमा आज (भदौ २२ गते सोमबार) तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।
बागमती सरकारले चितवन, मकवानपुर र धादिङ जिल्लामा आज सार्वजनिक बिदा दिएको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भदाै १८ राजपत्रमा प्रकाशित गरेको सूचनामा तीन जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको उल्लेख छ।
आज राष्ट्रिय शोक, तर होइन सार्वजनिक बिदा
सरकारले भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज (सोमबार) राष्ट्रिय शोक घोषणा गरेको छ।
भदौ १० गते नेपाल–चीन सीमा रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण मृत्यु भएकाहरूको सम्मानमा आज भदौ २२ गते १३औँ दिन पुण्यतिथि पारेर राष्ट्रिय शोक घोषणा गरेको हो।
यस क्रममा देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ।
यद्यपि आज सार्वजनिक बिदा होइन।

\

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij