Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

राप्रपा महामन्त्री शरदराज पाठकले गरे पार्टी परित्याग

राप्रपा महामन्त्री शरदराज पाठकले गरे पार्टी परित्याग


  • 603
    Shares

    राप्रपा महामन्त्री शरदराज पाठकले गरे पार्टी परित्याग
    images

    ।काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन् । उनले महामन्त्रीलगायत सबै जिम्मेवारीबाट आजकै मितिबाट अलग भएको घोषणा गरेका हुन् ।

    एक विज्ञप्ति जारी गर्दै पाठकले पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिकै दिक्कलाग्दो आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थपूर्ण तिक्त सङ्घर्ष झन् झाङ्गिँदै गएको गुनासो गरेका छन् ।

    उनले भनेका छन्, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने जस्तो कठोर नारालाई मूलमन्त्र मानेको बताउने पार्टीभित्र त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव छ । पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिकै दिक्कलाग्दो आन्तरिक बेमेल र गुटहरूको निजी स्वार्थपूर्ण तिक्त सङ्घर्ष झन् झाङ्गिँदो छ । जसले गर्दा नयाँ पुस्ताका इमानदार, सुशिक्षित र सचेत युवाहरूलाई छिटपुट अपवादबाहेक आकर्षित गर्नै नसक्ने स्थिति छ ।’

    आफूलगायत नयाँ जोडिएका साथीहरूले सो अवस्थामा परिवर्तन ल्याउन सक्ने कुनै सम्भावना नदेखेको उनले बताएका छन् ।

    उनले राप्रपाको तल्ला तहहरूमा रहेका पार्टीका अनगिन्ति नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धता अतुलनीय र प्रेरणादायी रहेको टिप्पणी गरेका छन् । पाठक रविन्द्र मिश्रसँगै विवेकशील साझा पार्टीबाट राप्रपामा आएका थिए ।

    प्रकाशित मिति :भाद्र २१ २०८३ आइतवार - १८:४६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij