Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बेपत्तालाई १२ वर्षसम्म मृत मान्न नसकिने कानुन तत्काल संशोधन गरियोस् : गगन थापा

बेपत्तालाई १२ वर्षसम्म मृत मान्न नसकिने कानुन तत्काल संशोधन गरियोस् : गगन थापा


  • 575
    Shares

    बेपत्तालाई १२ वर्षसम्म मृत मान्न नसकिने कानुन तत्काल संशोधन गरियोस् : गगन थापा
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई १२ वर्षसम्म मृत घोषणा गर्न नसकिने मौजुदा कानुनी व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन्।

    आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको हकमा मौजुदा कानुन व्यावहारिक नभएको बताएका हुन्।

    मुलुकी देवानी संहितामा रहेको बेपत्तासम्बन्धी प्रावधानका कारण बाढीपीडित परिवार थप अन्योल र मारमा परेको उनले औंल्याए।

    ‘१२ वर्षसम्म बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानुनी व्यवस्थाले गर्दा मृतकको काजकिरिया गर्न र सरकारी सुविधा तथा अधिकारबाट वञ्चित हुने डर स्थानीयमा देखिएको छ,’ थापाले बैठकमा भने, ‘यस समस्यालाई तत्काल सम्बोधन गर्न कानुन संशोधन गरी यस्तो महाविपद्का बेला मृत्यु प्रमाणित गर्न सक्ने अधिकार स्थानीय सरकारलाई दिनुपर्छ।’

     

    प्रकाशित मिति :भाद्र २१ २०८३ आइतवार - १६:०६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij