Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रचण्डद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारबारे समीक्षा बैठक आह्वान

प्रचण्डद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारबारे समीक्षा बैठक आह्वान


  • 834
    Shares

    प्रचण्डद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारबारे समीक्षा बैठक आह्वान
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएका छन्।

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पार्टीको तर्फबाट भइरहेका खोजी, उद्धार र राहत वितरणको समीक्षा र थप योजना बनाउनका लागि बैठक बोलाएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार बैठक केही बेरमा सुरु हुनेछ। 

    ‘भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पार्टीले गरेका कामको समीक्षा र आगामी योजना बनाउन बैठक बोलाएको हो’, ज्वालाले भने। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँको तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको थियो ।

    पार्टीको तर्फबाट बागमती प्रदेशका इन्चार्ज डा। गंगालाल तुलाधरको संयोजकत्वमा केन्द्रीय खोजी, उद्धार र राहत टोली गठन गरेको थियो।

     

    प्रकाशित मिति :भाद्र २१ २०८३ आइतवार - १५:२३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij