Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, टर्‍यो अर्को विपद्को जोखिम

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, टर्‍यो अर्को विपद्को जोखिम


  • 1.0K
    Shares

    हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो,  टर्‍यो अर्को विपद्को जोखिम
    images

    काठमाडौं । नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित पहिरो प्रभावित ग्यिरोङ (केरूङ) बन्दरगाहको मुख्य क्षेत्रमा बनेको अस्थायी तालको पानी करिब सबै बाहिरिएको छ।

    ठूलो हिम पहिरोपछि बनेको तालको पानी अब करिब सबै बाहिरिएको हो । १० वटाभन्दा धेरै फुटबल मैदानभन्दा ठूलो तालको पानि बाहिरिएसँगै नदीको बहावसमेत सामान्य अवस्थामा फर्किएको छ। अब त्यसबाट उत्पन्न जोखिम धेरै हदसम्म हटेको तिब्बतस्थित क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागले जनाएको छ।

    विभागलाई उद्धृत गर्दै सिह्नवाले जनाएअनुसार पहिरोका कारण नदी थुनिएर बनेको उक्त तालको पानी पूर्ण रूपमा निकास भएर बगिसकेको छ।

    पानी निकाससँगै नदीको प्राकृतिक बहाव पुनः सामान्य अवस्थामा फर्किएको छ। अब सम्भावित जोखिम नियन्त्रणमा आएको पनि सिन्ह्वाले जनाएको छ।

    शनिबार ९सेप्टेम्बर ५० मा सिन्ह्वाले खिचेका हवाई तस्बिरमा केरुङ बन्दरगाहको मुख्य क्षेत्रमाथि यसअघि अवरोधजन्य ताल बनेको स्थान अहिले पानीविहीन भएर रित्तिएको देखिएको छ।

    प्रकाशित मिति :भाद्र २१ २०८३ आइतवार - १४:२०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij