Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

१२ औँ दिनमा भेटिएको शव ट्याटुबाट पहिचान

१२ औँ दिनमा भेटिएको शव ट्याटुबाट पहिचान


  • 2.1K
    Shares

    १२ औँ दिनमा भेटिएको शव ट्याटुबाट पहिचान
    images

    काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० स्थित त्रिशूली बजारबाट प्रहरीले घरमा पुरिएको अवस्थामा एउटा शव निकालेको छ । 

    भोटेकोशी विपद्को १२ औँ दिनमा भेटिएको शव करिब ४५ वर्षीय राजेश जोशीको पुष्टि भएको छ । शवको सनाखत भएको नुवाकोटका एसपी विपिन रेग्मीले रातोपाटीलाई बताए । 

    विदुरबाट पारिपट्टिको क्षेत्रमा डीएसपी हिरेन्द्र रोकाया नेतृत्वको टोलीले खोज तथा उद्धार कार्य गरिरहेका छन् । दायाँ हातमा लेखिएको ट्याटुबाट मृतकको  पहिचान खुलेको हो । उनले नाडीमा आफ्नी पत्नीको नाम दीपिका लेखेको भेटिएको र त्यसैबाट पहिचान गरिएको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन् ।

    जोशी परिवारका एकै घरका ५ जना सदस्य बाढीमा परेर सम्पर्क विहीन भएका थिए । त्रिशूलीमा भेटिएको अर्को शवको पनि पहिचान खुलेको छ । सोही ठाउँमा घरभित्र मृत अवस्थामा भेटिएकी सरिता जोशीको पनि पहिचान खुलेको एसपी रेग्मीले जानकारी दिए ।

    प्रकाशित मिति :भाद्र २१ २०८३ आइतवार - १३:४१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij