Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काठमाडौं भित्रियो ८७ हजार ग्यास सिलिन्डर

काठमाडौं भित्रियो ८७ हजार ग्यास सिलिन्डर


  • 526
    Shares

    काठमाडौं  भित्रियो ८७ हजार ग्यास सिलिन्डर
    images

    काठमाडौं । पृथ्वीराजमार्गको कृष्णभिर खण्डमा पहिरो गई बाटो अवरुद्ध भएपछि एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाइएको छ ।

    नेपाल आयल निगम लिमिटेडका अनुसार काठमाडौंका उद्योगको ग्यास सिलिन्डरहरू तराईका विभिन्न उद्योगहरूमा रिफिल गरी काठमाडौं ल्याएर बिक्री वितरण भइरहेको छ ।

    निगमका अनुसार बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरी जिल्लामा रहेका १६ वटा विभिन्न ग्यास उद्योगहरूमा सिलिन्डर रिफिल गरिएको छ ।

    भदौ १८ गते २४ हजार ४९४ सिलिन्डर, भदौ १९ गते ३४ हजार १३४ सिलिन्डर र भदौ २० गते २९ हजार २४९ सिलिन्डर गरी तीन दिनको अवधिमा कुल ८७ हजार ८७७ सिलिन्डर रिफिल गरेर काठमाडौँ भित्र्याइएको छ ।

    श्री ग्यास, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा, श्रीकृष्ण, श्रीमाया, लोकप्रिय, एभरेस्ट, सुगम, नेपाल, एचपी, एसटीसी, सिद्धार्थ, हिमाल, सिताश्री र नमस्ते ब्रान्डका ग्यास आपूर्ति गरिएको छ ।

    पृथ्वीराजमार्गको कृष्णभिर खण्डको बाटो मर्मत भई नियमित सञ्चालनमा नआउञ्जेलसम्म यसरी नै वैकल्पिक प्रक्रियाबाट एलपी ग्यासको आपूर्ति र बिक्री वितरणलाई निरन्तरता दिइने निगमले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २१ २०८३ आइतवार - १३:०७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij