२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको पौने ५ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ४ लाख ७५ हजार ३३४ कित्ता शेयर बिक्रीमा राखिएको हो।
हाललाई यो शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्। ३५ दिनभित्र इच्छुक संस्थापक शेयरधनीले कम्पनीको काठमाडौंको लैनचौरस्थित कर्पोरेट कार्यालयमा निवेदन दिन सक्नेछन्।
तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन परेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij