Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सेनाले बनाउँदै छ देवीघाटमा ५० टन भारवहन क्षमताको ‘एक्रो ब्रिज’

सेनाले बनाउँदै छ देवीघाटमा ५० टन भारवहन क्षमताको ‘एक्रो ब्रिज’


  • 1.1K
    Shares

    सेनाले बनाउँदै छ देवीघाटमा ५० टन भारवहन क्षमताको ‘एक्रो ब्रिज’
    images

    नुवाकोट । विनाशकारी बाढीले त्रिशूली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ ।

    बाढीका कारण विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीको पुल तथा सडक संरचनामा समेत क्षति पुगेपछि नेपाली सेनाले आवतजावत पुनर्स्थापित गर्न ‘एक्रो ब्रिज’ निर्माणको काम तीव्र बनाएको छ । देवीघाटस्थित तादी नदीमा सेनाको इन्जिनियरिङ फौजले एक्रो ब्रिज निर्माणको कामलाई तीव्रता दिएको हो ।

    बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवतजावत सहज बनाउन सेनाले ६० मिटर लामो, ५.५ मिटर चौडाइ तथा ५० टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माण गरिरहेको छ ।

    केही दिनमै पुल निर्माण सम्पन्न भएपछि देवीघाट तथा आसपासका बस्तीमा आवतजावत र यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ ।

    प्रकाशित मिति :भाद्र २१ २०८३ आइतवार - १०:०१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij