Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दिनभरको खबर

दिनभरको खबर


  • 967
    Shares

    दिनभरको खबर
    images


    त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण एघार दिनदेखि फसेका दुई जनाको शनिबार जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये एक जना दुइ सय सोह्र मेगावाट क्षमताको माथिल्लो त्रिशुली–एक जलविद्युत आयोजनामा कार्यरत चिनियाँ नागरिक रहेका छन् । यसैगरी, नुवाकोटको बेत्रावतीबाट चण्डिका श्रेष्ठ नामकी एक महिलाको पनि शनिवार सकुशल उद्धार गरिएको छ ।

    पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्मचारीलाई अनुशासित, कर्तव्यनिष्ठ र जिम्मेवार बनाउने नाममा उनीहरूमाथि कुनै किसिमको जबरजस्ती वा दबाब दिन नहुने बताएका छन् ।


    सुरुङभित्र उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। शनिबार स्विट्जरल्यान्डले नेपाल विद्युत् प्राधिकरणलाई ड्रोन हस्तान्तरण गरेको हो।


    रसुवा भोटेकोसी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल एघार अर्ब पाँच करोड छपन्न लाख छब्बिस हजार नौ सय एकहत्तर रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 


    फिल्म ‘गौँथली’ले आज शनिबार प्रदर्शनको एकाउन्न औँ दिन मनाएको छ। यो वर्ष हालसम्मकै सर्वाधिक धेरै कमाउने सिनेमामध्ये एक बनेको ‘गौँथली’ काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर तीन दर्जनभन्दा धेरै हलमा एकाउन्न औँ दिन मनाउन सफल भएको हो।


    सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका छ मगरथानाबाट आज करिब दुई करोड चालिस लाख बराबरको ‘एप्पल एयर वर्डस’ एप्पल कम्पनीले निर्माण गरेको बिना तारको एयरफोन बरामद गरेको छ । 


    नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा रहेको सरकारमाथि गम्भीर प्रश्न उठाएकी छन्। सामाजिक सञ्जालमा लामो टिप्पणी लेख्दै झाँक्रीले सरकारको ढिलाइ, सूचना प्रवाहमा भएको कमजोरी र उद्धार समन्वयमाथि प्रश्न उठाउँदै घटनाबाट भएको मानवीय क्षतिको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरेकी छन्।


    भोटेकोशी बाढीको विपदमा सघाउँदै चीन सरकारका तर्फबाट पठाइएको बेलीब्रिजसहितको सहायता सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ । चीनको तिब्बतबाट पठाइएको बेलीब्रिज लगायतका आपतकालीन सहायता सामग्री सिगात्सेस्थित रिजी बन्दरगाहमा नेपाललाई हस्तान्तरण गरिएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । 


    पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडक खण्डको कृष्णभीरमा शुक्रवारबाट थालिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ। निर्माण व्यवसायीहरुले नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि र विज्ञहरुको रोहवरमा सडक खन्ने काम शुरु गरेको हो।

    १०
    नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले खाना पकाउने एलपी ग्यासको मूल्यलाई लिएर भइरहेको आलोचनाको बचाउ गर्दै उनले भनेका छन्  बजारमा एक किलो मासुलाई सत्र देखि अठार सय रुपैयाँ पर्छ यसको तुलनामा ग्यास महँगो होइन’ ।

    प्रकाशित मिति :भाद्र २० २०८३ शनिवार - २०:१८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij