Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

होल्डिङ सेन्टरहरूमा स्मार्ट र त्रिशुलीको राहत, शुद्धिग्राम हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर

होल्डिङ सेन्टरहरूमा स्मार्ट र त्रिशुलीको राहत, शुद्धिग्राम हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर


  • 932
    Shares

    होल्डिङ सेन्टरहरूमा स्मार्ट र त्रिशुलीको राहत, शुद्धिग्राम हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर
    images

    काठमाडौं । बाढी तथा डुबानबाट प्रभावित भई विभिन्न स्थानमा राखिएका विस्थापितलाई लक्षित गर्दै स्मार्ट एरोविक्स म्हय्पि, त्रिशुली समूह र शुद्धिग्राम हस्पिटलले राहत सामग्री तथा स्वास्थ्य सेवा उपलब्ध गराएका छन् ।

    स्मार्ट एरोविक्सका प्रशिक्षक लीला भण्डारीको नेतृत्वमा संस्थाका कोषाध्यक्ष अमृता भुजेल र सदस्यहरू रीता श्रेष्ठ राई, तुलसा भुषाल पन्त, माधव पाण्डे, भवानी थापा, सुभद्रा सुवेदी र त्रिशूली समूह तथा शुद्धिग्राम हस्पिटलसहितको टोलीले प्रभावितका लागि हातीगाउँ होल्डिङ सेन्टर, जफती स्कुल होल्डिङ सेन्टर र आगापुटार स्कुल होल्डिङ सेन्टरमा आवश्यक राहत सामग्री वितरण गरेको हो । टोलीले होल्डिङ सेन्टरमा समूहमा खाना पकाउन आवश्यक ठूला आकारका भाँडाकुँडा, लत्ताकपडा, खाद्य सामग्री तथा औषधी वितरण गरेको जनाएको छ ।
    विपद्का कारण घरबार छाडेर अस्थायी रूपमा होल्डिङ सेन्टरमा बसिरहेका प्रभावितलाई तत्काल आवश्यक सामग्रीको अभाव भइरहेको जानकारी पाएपछि प्रत्यक्ष रूपमा राहत लिएर पुगेको प्रशिक्षक भण्डारीले बताइन् ।

    790315518_1405382541755999_8828201607731522814_n.jpg

    राहत वितरणसँगै शुद्धिग्राम हस्पिटलले होल्डिङ सेन्टरमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो । शिविरमा प्रभावितको स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श र निःशुल्क औषधी उपलब्ध गराइएको जनाइएको छ ।

    राहत वितरणका क्रममा 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'मा सहयोग नगरी किन सीधै होल्डिङ सेन्टरमै पुगेर राहत बाँड्नुभयो ? भन्ने प्रश्नमा सहयोगको नेतृत्व गरेकी भण्डारीले सरकारी कोषमा सहयोग गर्नु पनि उपयुक्त विकल्प भए पनि तत्कालको आवश्यकता सम्बोधन गर्न प्रत्यक्ष राहत वितरण गरिएको बताइन् ।
    'त्यसो गरेको भए पनि हुन्थ्यो । तर ती होल्डिङ सेन्टरमा भएका अभावहरूलाई तत्काल सम्बोधन गर्न सकियोस् भनेर हामीले सीधै गएर होल्डिङ सेन्टरमा राहत उपलब्ध गराएका हौं', भण्डारीले भनिन् । उनका अनुसार विपद्का बेला राहत तथा सहयोग आवश्यक परिरहेका प्रभावितसम्म तत्काल सामग्री पुर्याउनु नै अभियानको मुख्य उद्देश्य हो । राहत सामग्री वितरण पछि टोलीले बाढी प्रभावित अन्य स्थानहरूको समेत स्थलगत भ्रमण गरेको थियो ।

    प्रकाशित मिति :भाद्र २० २०८३ शनिवार - १२:३१:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij