Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज काठमाडौँसहित ४९ जिल्लामा बाढीको जोखिम

आज काठमाडौँसहित ४९ जिल्लामा बाढीको जोखिम


  • 876
    Shares

    आज काठमाडौँसहित ४९ जिल्लामा बाढीको जोखिम
    images

    आज शनिबार (बिहान) भोटेकोसी र त्रिशूली नदीको बहाब सतर्कता तहभन्दा तल रहे तापनि उच्च सतर्कता अपनाउनुपर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

    आज बिहानको मापनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्‍चिम राप्ती नदीको बहाब पनि सतर्कता तह भन्दा तलै छ। तर वर्षापछि दिउँसो बढ्दै जाने सम्भावना छ।

    बाढी महाशाखाका अनुसार आज काठमाडौँसहित देशका ४७ जिल्ला र आसपास भएर बग्ने ससाना नदीमा पनि बाढी आउने र जोखिम निम्त्याउने सम्भावना देखिएको छ। 

    बाढी महाशाखाले आफ्नो बुलेटिनमा भनेको छ, ‘आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, खोटाङ, इलाम, धनकुटा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी-पूर्व, नवलपरासी-पश्चिम, गोरखा, पाल्पा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, ‍अछाम, कालीकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमका साथै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोसी, त्रिशूली नदी तथा ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना छ।’

    11.jpg22.jpg33.jpg

     

    प्रकाशित मिति :भाद्र २० २०८३ शनिवार - १०:५५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij