Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आज दिनभरको खबर

आज दिनभरको खबर


  • 512
    Shares

    आज दिनभरको खबर
    images

    त्रिशूली–तिन ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुइ जनाको जीवितै उद्धार भएको छ । उनीहरूको दशऔँ दिनमा जीवितै उद्धार गरिएको हो । उद्धार गरिएका व्यक्तिहरूमा तिस वर्षीय सञ्जय साह र पैतालिस वर्षीय कबीर महर्जन हुन् ।

    भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या बढेको  छ। शुक्रबार मध्याह्नसम्म एक हजार दुइ सय सतासी जनाको शव फेला परेको हो।

    पोखराको फेवातालमा कार खस्दा दुइ जना भारतीय नागरिकको मृत्यु भएको छ भने दुइ जनाको उद्धार गरिएको छ। आज बिहान करिब चार पचास बजेतिर फेवाको सिरानतिर रहेको सेदीबाट मुख्य लेकसाइड क्षेत्रमा आउँदै गरेको भारतीय नम्बर बीआर सुन्य पाच छनौपाचनौ रहेको कार गैरीचौतारा भन्ने ठाउँमा दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ।

    रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका बिस वटा झोलुङ्गे पुलको मर्मतमा सरकार युद्धस्तरमा लागेको छ। यही भदौ दश गते आएको बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका चौसठ्ठी वटा झोलुङ्गे पुलमध्ये त्रिपन्न वटामा क्षति पुर्‍याएको थियो।

    भोटेकोसी बाढीबाट पूर्ण रुपमा क्षति भएको नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय भारत सरकारले बनाउने भएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विद्यालय भवन निर्माणमा भारतले सहयोग गर्ने बताएका छन्। 

    पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा ट्रयाक निर्माणको काम सुरु भएको छ। सडक विभागले आज देखि कृष्णभीरमा ट्याक निर्माण गर्न सुरु गरेको हो। इन्जिनियर सुरेश पौडेलले ट्रयाक खोल्न सडकको दुवै तर्फबाट पहाड काट्न थालिएको जानकारी दिए।

    साउन बाह्र गते जनैपूर्णिमाको दिनदेखि सुरु भएको भक्तपुरको गाईजात्रा आज सम्पन्न भएको छ। आठ रात नौ दिन चल्ने यो जात्रा कृष्ण जन्माष्टमीको दिन कृष्णलाई नगर परिक्रमा गराएर सम्पन्न भएको हो।

    नेपाली कराँते टोलीले जापानको आइची नागोयामा हुने बिस  एसियाली खेलकुदको अन्तिम तयारी जापानमै गर्ने भएको छ। टोकियोबाट कराँते टोली एसियाली खेलकुदमा सहभागी हुने सेप्टेम्बर सत्र तारिख नागोया पुग्ने छ ।

    राहदानी विभागले भदौ बाइस र तेइस गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ । विभागले शुक्रबार सूचना जारी गर्दै राहदानीसम्बन्धी सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो ।

    १०

    इन्डोनेसियाका छ वटा प्रान्तमा फैलिएको भीषण डढेलोका कारण हावाको गुणस्तर अत्यधिक खराब भएपछि चौध लाखभन्दा बढी विद्यार्थी अनलाइन पढ्न बाध्य भएका छन् । शिक्षा मन्त्रालयका अनुसार यसबाट बाह्र हजार आठ सय चौरहत्तर विद्यालयका करिब चौध लाख तिस हजार छात्रछात्राहरूले अनलाइन कक्षा लिइरहेका छन् । 
    ११

    नेपाल लेयर्स कुखुरापालक संघले फार्म समर्थन बिक्री मूल्यमा पुनः वृद्धि गरेसँगै बजारमा अन्डाको भाउले नयाँ रेकर्ड कायम गरेको छ । सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबै प्रकारका अन्डामा प्रतिक्रेट पन्ध्र रुपैयाँ वृद्धि गरिएको छ ।
    १२

    ग्रिन आर्मीः ओलीको पालामा दर्ता, देउवाको पालामा कम्ब्याट ड्रेसको अनुमति । दुइ हजार सतहत्तर सालमा यो संस्था दर्ता हुँदा केपी शर्मा ओली प्रधानमन्त्री थिए। यो संस्थालाई पोशाक अनुमति दिइँदा त्यस अवधिमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाण थिए।

    १३

    हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सञ्चालक रोहित गुप्ता धरौटी रकम बुझाएर छुटेका छन् । दीपक भट्ट जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको आदेश बदर गर्दै सर्वोच्च अदालतले उनलाई दुइ करोड धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

    १४

    लगातार परेको सार्वजनिक बिदाका कारण बैंकिङ कारोबार प्रभावित नहोस् भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बिदाका दिनसमेत आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आवश्यकताअनुसार सेवा निरन्तरता दिन भनेको हो।

    १५

    नेपाल स्टक एक्सचेञ्जमा साताको पहिलो कारोबार दिन सोमबार ठूलो गिरावटबाट सुरुवात भएपनि बाँकी तीन दिन भने निरन्तर उकालो लाग्यो । तथ्याङ्क अनुसार साताको पहिलो दिन सोमबार नेप्से त्रिचालिस दशमलब आठ नौ अंकले घटेर पच्चिस सय तेह्र दशमलब बयासी विन्दुमा ओर्लिएको थियो । यो साता बजारमा कुल उनान्तिस दशमलब पैतिस अंक अर्थात् एक दशमलब सत्र  प्रतिशतको वृद्धि देखिएको छ ।

    प्रकाशित मिति :भाद्र १९ २०८३ शुक्रवार - २०:५६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij