Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा र नुवाकोटमा आकस्मिक बाढीको जोखिम कायमै, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

रसुवा र नुवाकोटमा आकस्मिक बाढीको जोखिम कायमै, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


  • 680
    Shares

    रसुवा र नुवाकोटमा आकस्मिक बाढीको जोखिम कायमै, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    images

    काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवा र नुवाकोट जिल्ला भई बहने नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ। 

    महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार यी दुई जिल्लाका भोटेकोशी, त्रिशुली तथा अन्य स(साना नदीमा पानीको बहाव उल्लेख्य बढ्नेछ। यस क्षेत्रका तटीय बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

    गत भदौ १० गते रसुवाको भोटेकोशीमा बाढी आएको थियो। त्यसयता भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तलै झरेको महाशाखाको तथ्याङ्कले देखाउँछ। यद्यपि जोखिम पूर्ण रूपमा टरिनसकेको अवस्था छ। महाशाखाले जारी गरेको सूचनामा ‘बहाव सतर्कता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपनाउनु पर्ने देखिन्छ’ भनिएको छ।

    देशका अन्य प्रमुख नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीको बहाव आज बिहानको मापनअनुसार सतर्कता तहभन्दा तलै छ। कन्काई, कमला, बबई तथा पूर्वी र पश्चिम राप्ती नदीको अवस्था पनि सामान्य नै रहेको छ। 

    तर आगामी तीन दिन यी सबै प्रमुख नदीहरू र तिनका सहायक नदीहरूमा पानीको सतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। विशेषगरी नारायणी नदीको देवघाट, त्रिशुलीको बेत्रावती, कर्णालीको असाराघाट र महाकालीको पारिगाउँ जलमापन केन्द्रमा बहाव निरन्तर बढ्ने महाशाखाले स्पष्ट पारेको छ।

    देशका अधिकांश जिल्ला भई बहने स(साना नदीहरूमा समेत आज पानीको बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान छ। महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ उपत्यकाका तीनै जिल्ला, मकवानपुर, चितवन र गोरखाका नदीहरूमा बाढीको मध्यम जोखिम छ।

    त्यस्तै कास्की, म्याग्दी, बागलुङ, सुर्खेत, दैलेख, अछाम, जुम्ला, मुगु, दार्चुला, डडेलधुरा, कञ्चनपुरलगायत देशका पहाडी र तराईका दर्जनौँ जिल्लाहरूमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। ती जिल्ला हुँदै बहने स(साना नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाइएको छ।

    प्रकाशित मिति :भाद्र १९ २०८३ शुक्रवार - १०:३८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij