Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

फेवातालमा कार खस्यो २ भारतीयको मृत्यु, २ जनाको उद्धार

फेवातालमा कार खस्यो २ भारतीयको मृत्यु, २ जनाको उद्धार


  • 708
    Shares

    फेवातालमा कार खस्यो २ भारतीयको मृत्यु, २ जनाको उद्धार
    images

    काठमाडौं। पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु भएको छ भने २ जनाको उद्धार गरिएको छ।

    आज (शुक्रबार) बिहान करिब ४:५० बजेतिर फेवाको सिरानतिर रहेको सेदीबाट मुख्य लेकसाइड क्षेत्रमा आउँदै गरेको भारतीय नम्बर बीआर ०५ ६७५९ रहेको कार गैरीचौतारा भन्ने ठाउँमा दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ।

    गैरीचौतारानेर घुम्तीबाट कार २० मिटर तल फेवामा खस्दा भारतको बिहार प्रदेशका २६ वर्षका नवदीपकुमार यादव र अर्का अन्दाजी ४०/४५ वर्षका पुरुषको मृत्यु भएको हो।

    दुर्घटनापछि उद्धारमा खटिएको सशस्त्र प्रहरीको गोताखोर टोलीले तालको २० फिट गहिराइमा दुई जनालाई अचेत अवस्थामा फेला पारेको थियो। जसको मृत्यु भयो। 

    बाँकी २ जना २७ वर्षका अनमोल कुमार यादव र ३३ वर्षका सुरज यादवको भने उद्धार गरिएको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूको उपचार गण्डकी मेडिकल कलेजमा भइरहेको छ। 

    तालमा खसेको कारलाई बिहान ६:२० बजे क्रेनको सहयोगमा बाहिर निकालिएको छ।

    प्रकाशित मिति :भाद्र १९ २०८३ शुक्रवार - १०:२४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij