Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ग्यासको मूल्य बढ्यो

ग्यासको मूल्य बढ्यो


  • 2.2K
    Shares

    ग्यासको मूल्य बढ्यो
    images

    काठमाडाैं । सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।

    निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् । १८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

    उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ । कृष्णभिरमा पहिरो गएका कारण वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा महँगो पर्न गएकाले त्यसको केही भार उपभोक्ताले तिर्नुपर्ने गरी निर्णय गरिएको संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले बताए।

    ‘पहिला बुलेटले ग्यास ढुवानी गर्थ्यो, एक बुलेटमा १२ सय ५० सिलिन्डर ग्यास आउँथ्यो, तर तराईमा बोटलिङ गर्नुपर्दा र त्यहाँबाट अर्को माध्यमबाट ढुवानी गर्दा महँगो पर्न गयो,’ उनले भने, ‘ढुवानी भाडा नै १ सय ८० प्रतिसिलिन्डर परेकोमा त्यसमा उपभोक्तालाई १ सय ५ रुपैयाँ थप गरिएको हो ।’

    आयल निगमसँगको सहमति अनुसार ग्यास मूल्य बढाइएको उद्योगीको दाबी छ । उद्योगीले काठमाडौं उपत्यकामा रहेका ग्यास उद्योगले तराई क्षेत्रका ग्यास उद्योगमा रिफिल गरी ल्याउनुपर्ने बाध्यता भएकाले ढुवानी भाडा बढाइएको जानकारी संघले दिएको छ ।

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - २१:२०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij