Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ


  • 918
    Shares

    स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ
    images

    काठमाडौं । स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। 

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो धनगढी उपमहानगरपालिका–४ स्थित घरेलु चोकबाट भारतको पञ्जाब, पटियाला बस्ने १८ वर्षीय अर्मिन्द्र सिंहलाई पक्राउ गरिएको हो ।

    कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले शङ्कास्पद अवस्थामा पैदल हिँडिरहेको भेटिएपछि खानतलासी गर्दा निजको साथबाट भारतीय ५०० दरका नोट एक हजार थान बरामद गरिएको बताएका छन्।

    बरामद रकमसहित सिंहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्।

     

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १७:५६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij