Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

उपत्यकामा ६५३ सहित देशभर थपिए २४०७ कोरोना संक्रमित, ४६ जनाको मृत्यु

उपत्यकामा ६५३ सहित देशभर थपिए २४०७ कोरोना संक्रमित, ४६ जनाको मृत्यु


  • 8.8K
    Shares

    उपत्यकामा ६५३ सहित देशभर थपिए २४०७ कोरोना संक्रमित, ४६ जनाको मृत्यु
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा ६५३ जनालाई कोरोना पोजेटिभ देखियो ।

    काठमाडौंमा ४८३, भक्तपुरमा ५८ र ललितपुरमा ११२ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार सोही अवधिमा ३ हजार ९९४ संक्रमणमुक्त भएका छन् भने ४६ जना संक्रमितको मृत्यु भएको छ । 

    पछिल्लो २४ घण्टामा ७ हजार ५१७ पीसीआर र ४८५९ जनाको एन्टीजेन गरि १२ हजार ४०६ जनाको कोरोना परीक्षण भएको छ । 

    प्रकाशित मिति :जेठ ३० २०७८ आइतवार - १६:४४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij