Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न: अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ?

‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न: अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ?


  • 1.0K
    Shares

    ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न: अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ?
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाली सेनाको जस्तै देखिने पोशाक लगाएर उद्धारमा खटिएको ‘ग्रीन आर्मी नेपाल’बारे प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

    रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढीपछि यो समूह सक्रिय भएपछि यसको वैधानिकताबारे विभिन्न टिकाटिप्पणी भइरहेका हुन् । सांसद केसीले सैनिक पोशाक र दर्जाको चिन्हसहित उपस्थित हुने उक्त समूहको प्रकृतिबारे स्पष्ट पार्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् । उनले नेपाली जनताले एउटै नेपाली सेना चिनेको भन्दै उनले के यो मिलिटरी कम्पनी हो रु भन्दै प्रश्न गरेका छन् । 

    सांसद केसीले विपद्को समयमा देखिएका राजनीतिक विमतिलाई एकीकृत गर्न तथा नीतिगत व्यवस्थापन र अनुगमनका लागि प्रतिनिधि सभाबाट तत्काल उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन्। उनले विपद् व्यवस्थापनमा सरकारले राजनीतिक दलहरुसँग प्रभावकारी समन्वय गर्न नसकेको टिप्पणी गरेका छन् । 

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १७:११:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij