२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका वडा सदस्य सन्तोष थापा मगर पक्राउ परेका छन्।
मंगलबार दिउँसो करिब १ बजे चापाकोट–१ को वडा कार्यालय परिसरमा वडाध्यक्ष वस्तीको शरीरमा मोबिल छ्यापेको आरोपमा ३१ वर्षीय थापा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।
पक्राउ परेका थापा मगर चापाकोट–१ का वडा सदस्यसमेत हुन्। उनलाई भदौ १७ गते स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी अवस्थीले बताए।
घटनामा थापा मगरको संलग्नता तथा मोबिल छ्याप्नुको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij