Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि नेपालमा ड्रोन विशेषज्ञ टोली पठाउँदै

अष्ट्रेलियाले खोज तथा उद्धारका लागि नेपालमा ड्रोन विशेषज्ञ टोली पठाउँदै


  • 2.3K
    Shares

    अष्ट्रेलियाले खोज तथा उद्धारका लागि नेपालमा ड्रोन विशेषज्ञ टोली पठाउँदै
    images

    काठमाडौं। विनाशकारी बाढीपछि नेपालको खोज तथा उद्धार अभियानमा सहयोग पुर्‍याउन अष्ट्रेलियाले विशेषज्ञ ड्रोन सञ्चालकसहितको टोली नेपाल पठाउने भएको छ।

    अष्ट्रेलिया सरकारले १५ सदस्यीय विपद् सहायता प्रतिक्रिया टोली अन्तर्गत ड्रोन विशेषज्ञहरू नेपाल पठाउन लागेको अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वङले जानकारी दिइन्।

    उनका अनुसार टोलीमा फायर एन्ड रेस्क्यु न्यु साउथ वेल्स तथा क्विन्सल्यान्ड फायर डिपार्टमेन्टका सदस्यसमेत रहनेछन्। टोली आगामी केही दिनमा नेपाल आउनेछ। उनीहरूले अत्याधुनिक ड्रोन प्रविधिको प्रयोग गरी तीव्र गतिमा नक्सांकन तथा तस्बिर संकलन गर्नेछन्।

    यसबाट नेपाली अधिकारीहरूलाई खोज तथा उद्धार अभियान सञ्चालन गर्न सहयोग पुग्ने अष्ट्रेलिया सरकारले जनाएको छ। अष्ट्रेलियाले यसअघि पनि नेपाललाई सहयोगको प्रस्ताव गर्दै आएको थियो। नेपालको सरकारले अहिले उक्त सहयोग औपचारिक रूपमा माग गरेपछि टोली पठाउन लागिएको हो।

    अष्ट्रेलियाले खोज, उद्धार तथा पुनःस्थापनाका लागि थप सहयोग गर्न आफू तयार रहेको जनाएको छ। यसअघि नै संकट व्यवस्थापनका लागि १९ जना अष्ट्रेलियाली कर्मचारी नेपाल आइसकेका छन्।

    उनीहरूमा कन्सुलर तथा मानवीय सहायता अधिकारी, अष्ट्रेलियाली संघीय प्रहरी र रक्षा मन्त्रालयका कर्मचारी रहेका छन्।

    ३८ अष्ट्रेलियाली अझै सम्पर्कविहीन

    अष्ट्रेलिया सरकारले नेपालमा ३८ जना अष्ट्रेलियाली अझै सम्पर्कविहीन रहेको जनाएको छ।

    उनीहरूको अवस्थाबारे जानकारी लिन अष्ट्रेलियाली अधिकारीहरूले नेपाल र चीनका सम्बन्धित निकायसँग नजिकबाट समन्वय गरिरहेका छन्।

    सम्पर्कविहीन व्यक्तिका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रयास भइरहेको पनि अष्ट्रेलियाले जनाएको छ।

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १४:१४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij