Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्री शाह र नेकपाका नेता पुनबिच भेटघाट

प्रधानमन्त्री शाह र नेकपाका नेता पुनबिच भेटघाट


  • 1.1K
    Shares

    प्रधानमन्त्री शाह र नेकपाका नेता पुनबिच भेटघाट
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र नेता पुनबिच भेटघाट भएको हो । 

    भेटमा उनीहरूबिच रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ ।

    यस्तै, उनीहरूबिच बाढीबाट प्रभावित भएका पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ । प्रधानमन्त्री शाहसँग यसअघि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गरेका थिए ।  

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १३:३३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij