Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सम्पर्कविहीन सैनिकका परिवारजनसँग समन्वय गर्न ‘हेल्प डेस्क’

सम्पर्कविहीन सैनिकका परिवारजनसँग समन्वय गर्न ‘हेल्प डेस्क’


  • 561
    Shares

    सम्पर्कविहीन सैनिकका परिवारजनसँग समन्वय गर्न ‘हेल्प डेस्क’
    images

    काठमाडौं ।  नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका सैनिकका परिवारजनसँग समन्वय गर्ने ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ ।

    सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीमा हराइरहेका सैनिकका परिवारजनसँग सम्पर्क भइसकेको जानकारी दिए । यही भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी लाङ्टाङ राष्ट्रिय निकुञ्ज र सो क्षेत्रमा रहेका जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिइएका ४५ जना सैनिक हराइरहेका छन् ।

    हराइरहेका सैनिकको खोजी निरन्तर भइरहेको सेनाले जनाएको छ । रसुवाको टिमुरेदेखि नवलपुरसम्म खटिइएका सैन्य टोलीलाई हराइरहेका नागरिक र सैनिकका बारेमा जानकारी दिइ खोज तथा उद्धारमा केन्द्रित गराइएको जङ्गी अड्डाले जनाएको छ । 

     

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १२:४७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij