२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । धबलशमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले केन्द्रीय कार्यसमितिमा ११ जना नयाँ सदस्य थप गरेको छ ।
पार्टीले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीको विधानबमोजिम ११ जना केन्द्रीय सदस्य थप गरिएको जानकारी दिएको हो ।
नयाँ थपिएका केन्द्रीय सदस्यहरूमा सङ्खुवासभाका दिलनाथ गिरी, काठमाडौँका बिजेन्द्रलाल जोशी, बाँकेका ध्रुवराज वर्मा र नारायणप्रसाद शर्मा तथा भक्तपुरका मनोजकुमार सिलवाललगायत रहेका छन् ।
पार्टीले विधानअनुसार केन्द्रीय कार्यसमितिलाई विस्तार गरिएको जनाएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij