२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरो पन्छाउने काम अगाडि बढाइएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान सुरु गरिएको छ।
पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणसमेत सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ। रुख कटानको काम सकिएलगत्तै उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिनेछ।
सडक सञ्चालनलाई प्राथमिकतामा राखेर काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयको दाबी छ।
कृष्णभिरमा सडक भासिएपछि राजधानी काठमाडौंको आपूर्ति प्रणाली प्रभावित भएको छ भने यात्रुहरूले समेत सास्ती खेपिरहेका छन्। सडक अवरुद्ध हुँदा बजारमा कृत्रिम अभाव र मूल्यवृद्धिको जोखिम समेत बढेको बताइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij