Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

खोलाले बगाएका पाल्पाका दुई युवकको शव रुपन्देहीमा भेटियो

खोलाले बगाएका पाल्पाका दुई युवकको शव रुपन्देहीमा भेटियो


  • 918
    Shares

    खोलाले बगाएका पाल्पाका दुई युवकको शव रुपन्देहीमा भेटियो
    images

    काठमाडौं । पाल्पामा खोलाले बगाएर दुई युवाको मृत्यु भएको छ । 

    पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ जोगदमारका दुई युवक खोलाले बगाउँदा मृत अवस्थामा भेटिएका हुन् । मृत्यु हुनेमा ३२ वर्षीय विपिन पोख्रेल र २३ वर्षीय प्रविन पुन रहेका छन् ।

    गत भदौ १५ गते बेलुकी करिब ६ बजे  मोटरसाइकलमा सत्यवतीतर्फ गएका उनीहरू घर नफर्किएपछि परिवारले भदौ १७ गते बिहान अस्थायी प्रहरी पोष्ट बेलबासमा खबर गरेका थिए ।

    प्रहरीले खोजतलास गर्दा डुम्रेवासस्थित सडकबाट करिब ५ फिट तल ठाडोखोलामा उनीहरू चढेको मोटरसाइकल भेटिएको थियो ।

    दुवै जनाको शव रुपन्देहीको सैनामैना–१० मौवाधारीस्थित कञ्चन खोलामा बगाएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार, दुवै शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

     

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १०:४६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij