Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बेपत्ता नागरिकका आफन्तलाई डीएनए नमुना दिन आग्रह

बेपत्ता नागरिकका आफन्तलाई डीएनए नमुना दिन आग्रह


  • 631
    Shares

    बेपत्ता नागरिकका आफन्तलाई डीएनए नमुना दिन आग्रह
    images

    काठमाडौं ।  रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण बेपत्ता भएका नागरिकको खोजी तथा फेला परेका बेवारिसे शव र मानव अंगको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ ।

    गत भदौ १० गते आएको विनाशकारी बाढीपछि नदी किनार तथा तटीय क्षेत्रमा फेला परेका शव र शरीरका अंगहरूको पहिचान गर्न प्रहरीले सूचना जारी गर्दै मृतकका नजिकका रगतका नातेदारलाई डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको हो ।

    प्रहरीका अनुसार स्वदेश तथा विदेशमा रहेका बेपत्ता नेपाली तथा विदेशी नागरिकका पहिलो पुस्ताका नातेदारले डीएनए परीक्षणका लागि आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।

    बेपत्ता नागरिकका सबैभन्दा नजिकका रगतका नातेदारमध्ये बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना डीएनए नमुना दिन उपस्थित हुनुपर्ने प्रहरीले जनाएको छ । नमुना दिन जाँदा पासपोर्ट साइजको दुई प्रति फोटो समेत लैजानुपर्नेछ ।

    डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमुना दिनुपर्नेछ । यसका लागि आफन्तले नेपाल प्रहरी अस्पताल, महाराजगञ्जस्थित प्याथोलोजी ल्याब, काठमाडौं वा आफूलाई पायक पर्ने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ ।

    प्रहरीले डीएनए परीक्षणबाट फेला परेका शव तथा मानव अंगको वैज्ञानिक रूपमा पहिचान गर्न सहयोग पुग्ने भएकाले बेपत्ता नागरिकका नजिकका आफन्तलाई यथाशीघ्र नमुना उपलब्ध गराउन आग्रह गरेको छ ।

    भोटेकोशी बाढीमा बेपत्ता नागरिकको पहिचानका लागि विदेशमा रहेका आफन्तले सम्बन्धित देशको फोरेन्सिक ल्याबबाट डीएनए प्रोफाइलिङ गराई नेपाल प्रहरीलाई पठाउनुपर्नेछ। प्रहरीले आवश्यक विवरणसहित डीएनए रिपोर्ट इमेलमार्फत पठाउन आग्रह गरेको छ।

    प्रहरीले डीएनए परीक्षणबाट फेला परेका शव तथा मानव अंगको वैज्ञानिक रूपमा पहिचान गर्न सहयोग पुग्ने भएकाले बेपत्ता नागरिकका नजिकका आफन्तलाई यथाशीघ्र नमुना उपलब्ध गराउन आग्रह गरेको छ ।
    डीएनए परीक्षण तथा समन्वयका लागि नेपाल प्रहरीले प्रहरी निरीक्षक शम्भुबहादुर केसी र प्रहरी नायव निरीक्षक (सई) विष्णु घिमिरेलाई सम्पर्क अधिकारी तोकेको छ । प्रहरी निरीक्षक केसीलाई ९८४१६१६०९५ र सई घिमिरेलाई ९८५७०९१०१३ मा सम्पर्क गर्न सकिनेछ ।

    बाढीका कारण ठूलो संख्यामा नागरिक बेपत्ता भएको र नदी तथा तटीय क्षेत्रमा कतिपय शव तथा मानव अंग क्षतविक्षत अवस्थामा फेला परिरहेको अवस्थामा वैज्ञानिक विधिबाट पहिचान गरी परिवारलाई बुझाउन डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

    noticed111.jpg

    788463806_1587517866159525_8438087563581284236_n.jpeg

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १०:३९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij