Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भीषण वाढीवाट भएको मानवीय तथा जनधनको क्षतिमा नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको सहयोग

भीषण वाढीवाट भएको मानवीय तथा जनधनको क्षतिमा नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको सहयोग


  • 2.0K
    Shares

    भीषण वाढीवाट भएको मानवीय तथा जनधनको क्षतिमा नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको सहयोग
    images

    काठमाडौं । हालै मिति २०८२ भदौ १० गते वुधवार विहान चीनको सिजाङ (तिब्बत) तर्फवाट आएको भीषण वाढीका कारण रसुवा, नुवाकोट, धादिङ्ग, चितवन, पुर्वी नवलपरासी लगायतका जिल्लाहरुका वस्तीहरुमा पुगेको अकल्पनीय रुपमा ठुलो मानवीय तथा भौतिक क्षति भएको तथ्य सवैले देखेका तथा महशुस गरेका छन । 

    जसवाट ठुलो संख्यामा नागरीकहरु हताहत भएका, मृत्यु भएको, वेपत्ता भएको तथा धेरै नागरीकहरु घाईते भएको साथै घर सम्पत्ति र सार्वजनिक संरचनामा अपुरणीय क्षति पुगेको जानकारी हामी सवैलाई दुःखदायी रुपमा प्राप्त भएको छ ।

    यस गम्भिर अवस्थालाई दृष्ट्रिगत गर्दै पिडित परिवारलाई तत्काल राहत, उपचार तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउनका लागी सरकारले यथासम्भव सिघ्र कदम चाल्नुपर्ने वर्तमान अवस्था रहेको छ। साथै दिर्घकालीन समाधानका लागी प्रभावित क्षेत्रहरुको पुनःस्थापना तथा पुर्वाधार निर्माणमा समेत विशेष सर्तकता अपनाउन जरुरी रहेको छ । यस सम्वन्धमा सम्वन्धित निकायहरुको सक्रिय पहल, समयोचित निर्णय तथा आवश्यक सहयोगले पिडित परिवारलाई ठुलो राहत पुग्नेछ भन्ने हाम्रो विश्यास रहेको छ ।

    यस नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ तथा सदस्य उद्योगहरुवाट नागरीक, समाज एंव राष्ट्र प्रति जिम्मेवार तथा उत्तरदायी रहदै यस्ता संम्वेदनशील अवस्थामा राष्ट्रिय एकता, सामाजिक सहकार्य र मानवीय भावना अनुरुप एक करोड एक लाख मात्र सहयोगस्वरुप प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छौं । सोहीअनुरुप संघका अध्यक्ष श्री विकास दुगड ज्यूले संघका अन्य सद्स्यहरुसंगै अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको छ ।

    र अन्त्यमा, आगामी दिनमा पनि हाम्रो संस्था सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगात्मक कार्यमा संलग्न रहिरहने प्रतिवद्धता व्यक्त गर्दै यस दुःखद समयमा नेपाल सरकार लगायत सवै सम्वन्धित पक्षहरुको संवेदनशीलता र सहयोगले मात्र नागरीक एंव प्रभावित क्षेत्रहरुको पुनःस्थापना तथा पुर्वाधार निर्माणले गति लिन सक्ने धारणा यस संघको रहेको अवगत गराउदछौं ।

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - १७:४३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij