Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी बाढीपीडितका लागि जय नेपाल पार्टीको ६ लाख ५१ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि जय नेपाल पार्टीको ६ लाख ५१ हजार सहयोग


  • 820
    Shares

    भोटेकोशी बाढीपीडितका लागि जय नेपाल पार्टीको ६ लाख ५१ हजार सहयोग
    images

    काठमाडौं । जय नेपाल पार्टीले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि ६ लाख ५१ हजार ६ सय ७६ रुपैयाँ सहयोग गरेको छ । पार्टीले उक्त रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । 

    बाढीबाट ठुलो मानवीय क्षति भएको कठिन घडीमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको पार्टीले जनाएको छ ।

    यसैबिच, निर्वाचन आयोगमा दर्ता कायम रहेको राष्ट्रिय एकता मञ्च जय नेपाल पार्टीमा विधिवत् समायोजन भएको छ । पार्टी सभापति डा।धवलशम्सेर राणाले राष्ट्रिय एकता मञ्चका अध्यक्ष बिजेन्द्रलाल जोशीलगायत पदाधिकारीलाई पार्टीमा स्वागत गरेका छन् ।

    त्यस्तै, केन्द्रीय सदस्य तथा सुपरिवेक्षण समितिका संयोजक मुकुन्दश्याम गिरीको अध्यक्षता तथा सभापति राणाको प्रमुख आतिथ्यमा बसेको केन्द्रीय विभाग तथा समितिका संयोजकहरूको बैठकले आगामी १५ दिनभित्र विभाग तथा समितिलाई पूर्णता दिने निर्णय गरेको छ ।

     

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - १७:२७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij