Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हवाई इन्धन चोरी आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा

हवाई इन्धन चोरी आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा


  • 694
    Shares

    हवाई इन्धन चोरी आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा
    images

    काठमाडौं । हवाई इन्धन चोरी गरेको अवस्थामा पक्राउ परेकालाइ पर्सा जिल्ला अदालतले धरौटीमा छाडेको छ । भदौ २१ गते पक्राउ परेका ७ मध्ये ६ जनालाई मंगलबार पर्सा जिल्ला अदालतले धरौटीमा छाडन आदेश दिएको हो ।

    चार जनालाई जनही २५ हजार र दुई जनालाई जनही ४५ हजार धरौटीमा छाडन आदेश दिइएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले बताए । उनका अनुसार मंगलबार अबेरसम्म चलेको बहसमा अदालतले ६ जनालाइ धरौटीमा छाडन आदेश दिएको हो भने मुख्य अरोपी सुनैन मियाँको हकमा केही आदेश नभएको जनाइएको छ ।

    अदालतले उमेश राना मगर र मन्द सिंह लामासँग जनही ४५ हजार धरौटी माग गरेको छ भने असलम हवारी, रफिक मियाँ, सन्देश राना मगर र केशर राना सुनारसंग जनही २५\२५ हजार रुपैयाँ धरौटी माग गरिएको हो । पेट्रोल पम्पका सञ्चालक सुनैन मियाँ भने अदालतमा हाजिर नभएको हुँदा उनको थुनछेक बहस हुन बाँकी रहेको अदालत स्रोतले जनाएको छ ।

    भदौ २ गते अदालतले नै मियाँ बिरामी रहेको भन्दै ५ दिनको म्यादमा अनुसन्धान सकिए फाइल बुझाउन र नसकिए बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भएका थिए । तर अदालतमा प्रहरीले अनुसन्धान सकेर मुद्दा बुझाउँदा पनि मियाँ हाजिर नभएको जनाइएको छ । 

     

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - १७:२३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij