Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड

जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड


  • 575
    Shares

    जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकमा आइपरेको महाविपद्को सामना गर्न सरकारले प्रभावकारी रूपमा जनपरिचालन गर्न नसकेको बताएका छन् । 

    उद्धार र राहत कार्यमा नेपाली सेनाले जोखिम मोलेर प्रशंसनीय भुमिका निर्वाह गरे पनि सरकारले नागरिक समाज र आम जनतालाई विश्वासमा लिएर परिचालन गर्न नसकेको उनको टिप्पणी छ । संयोजक दाहालले केवल सेनाको परिचालनले मात्र समस्याको वास्तविक समाधान नहुने उल्लेख गरेका छन् ।  

    उनले संघीय, प्रादेशिक र स्थानीय सरकारका साथै जनप्रतिनिधिहरूबीच आवश्यक समन्वय हुन नसकेकोमा चासो व्यक्त गरेका छन् । संयोजक दाहालले विपद्को शुरुवाती दिनमा सरकारले देखाएको तत्परता र पछिल्लो चरणको कार्यशैलीमा विरोधाभास देखिएको आरोप समेत लगाएका छन् ।  

    उनले भने, ‘सेना परिचालन भए पनि जनपरिचालन हुन सकेन । जनपरिचालन नहुँदासम्म यस्ता महाविपत्तिको सामना गर्नु असम्भव जस्तै हुन्छ । मैले पटक–पटक सरकार र सम्बन्धित पक्षलाई सेना परिचालनसँगै जनपरिचालन जोड्न र तीनै तहका सरकारबीच समन्वय कायम गर्न आग्रह गर्दै आएको छु । अहिले आम मानिस र जनप्रतिनिधिहरूबाट सरकार उद्धार कार्यमा सफल होइन, असफल भयो भन्ने जनगुनासो व्यापक रूपमा सुनिएको छ । केन्द्र, प्रदेश र स्थानीय सरकारबीचको सम्बन्ध टुट्दा समस्या झन् जटिल बनेको छ ।’

     

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - १५:२०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij