Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कांग्रेस संस्थापन इतर समूहको प्रस्ताव : मंसिर २१ देखि २३ सम्म महाधिवेशन

कांग्रेस संस्थापन इतर समूहको प्रस्ताव : मंसिर २१ देखि २३ सम्म महाधिवेशन


  • 659
    Shares

    कांग्रेस संस्थापन इतर समूहको प्रस्ताव : मंसिर २१ देखि २३ सम्म महाधिवेशन
    images

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने गरी साङ्गठनिक कार्यतालिका प्रस्ताव गरेको छ ।

    बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को दोस्रो बैठकमा महाधिवेशनको मिति र विभिन्न तहका अधिवेशनको कार्यतालिका प्रस्तुत गरिएको हो ।

    प्रस्तावित कार्यतालिकाअनुसार १५औँ केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने प्रस्ताव गरिएको छ ।

    कार्यपत्रमा वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते तथा प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन असोज २३ गते गर्ने उल्लेख छ ।

    त्यस्तै, जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने प्रस्ताव गरिएको छ ।

    संस्थापन इतर समूहले प्रस्तुत गरेको कार्यतालिका बैठकबाट अनुमोदन भएपछि पार्टीको सम्बन्धित निकायमा प्रस्तावका रूपमा अघि बढाइने बताइएको छ । 

    c1.webp

    c2.webp

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - १५:०२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij