Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जलवायु परिवर्तनका कारण बढ्दो विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो आवाज उठाउनुपर्छ : प्रधानमन्त्री (पूर्णपाठसहित)

जलवायु परिवर्तनका कारण बढ्दो विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो आवाज उठाउनुपर्छ : प्रधानमन्त्री (पूर्णपाठसहित)


  • 932
    Shares

    जलवायु परिवर्तनका कारण बढ्दो विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो आवाज उठाउनुपर्छ : प्रधानमन्त्री (पूर्णपाठसहित)
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले रसुवाको भोटेकोसी नदीमा आएको बाढी हिमपहिरोका कारण सिर्जित भएको बताएका छन् । बुधवार प्रतिनिधि सभामा प्रधानमन्त्रीले यसलाई जलवायु परिवर्तनको गम्भीर सङ्केतका रूपमा लिनुपर्ने बताएका हुन् । 

    उनले जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्नेमा जोड दिएका छन् । सरकारले विपद् लगत्तै उद्धार कार्यलाई तिब्रता दिएको र हालसम्म ११ हजार ९९३ जनाको सफल उद्धार गरिएको जानकारी दिएका छन् । भोटेकोशी बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन् । 

    प्रधानमन्त्री साहकाअनुसार विपद्मा परी अझै ३ हजार ९ सय क१६ जना सम्पर्कविहीन रहेका छन् । उद्धार गरिएकामध्ये २९२ जना घाइते भएकोमा १८२ जना उपचारपश्चात् डिस्चार्ज भइसकेका छन् भने बाँकीको उपचार जारी छ । हालसम्म १ हजार ११४ वटा शव फेला परेका छन्, जसमध्ये ९५ जनाको पहिचान भई परिवारलाई जिम्मा लगाइएको छ । पहिचान हुन नसकेका शवहरूलाई डिएनए परीक्षणका लागि आधार सुरक्षित राख्दै वैज्ञानिक प्रक्रियाअनुसार व्यवस्थापन गरिएको उहाँले जानकारी दिएका छन् । 

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ र थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ । कोषबाट राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ निकासा गरिसकिएको छ । जसमध्ये रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ वटा पालिकामा ६ करोड ७५ लाख रुपैयाँ पठाइएको छ ।
    विपद्को यस घडीमा भारत, चीन, अमेरिका, बेलायत, जापान, लगायतका मित्रराष्ट्रहरू र एसियाली विकास बैंक, विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय साझेदारहरूले सहयोग गरेको प्रधानमन्त्रीले बताएका छन्। 

    बाढीले ऊर्जा र सडक पूर्वाधारमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण कुल ४ हजार ३१ मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको छ । भोटेकोसी–त्रिशूली करिडोरका ८ वटा सञ्चालित आयोजना (२८१ मेगावाट) र ४ वटा निर्माणाधीन आयोजना ९३८८ मेगावाट० क्षतिग्रस्त भएका छन् । हाल नुवाकोटमा ८५ प्रतिशत, धादिङमा ९८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनः सुचारु गरिएको छ । 

    सञ्चार सेवा ९५ प्रतिशत पुनःस्थापना भइसकेको छ भने सञ्चार पहुँच नभएका क्षेत्रमा ३० वटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ । सडकतर्फ गल्छी–बेत्रावती–रसुवागढी सडक र पृथ्वी राजमार्गका विभिन्न खण्डमा ठुलो क्षति पुगेको छ । ४८ वटा झोलुङ्गे पुल र ३१ वटा मोटरयोग्य पुलमा क्षति पुगेकोमा हाल विभिन्न स्थानमा बेली ब्रिज जडान गर्ने कार्य भइरहेको छ । मुग्लिन–नारायणघाट सडकको कृष्णभीर खण्ड भदौभित्रै मर्मत गरिसक्ने सरकारको लक्ष्य छ । 

     

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - १४:५०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij