Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विपद्को क्षणमा उद्धार, राहत र पुनर्स्थापना सबैको साझा कर्तव्य : आङ्देम्बे

विपद्को क्षणमा उद्धार, राहत र पुनर्स्थापना सबैको साझा कर्तव्य : आङ्देम्बे


  • 666
    Shares

    विपद्को क्षणमा उद्धार, राहत र पुनर्स्थापना सबैको साझा कर्तव्य : आङ्देम्बे
    images

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को समयमा उद्धार, राहत र पुनर्स्थापनामा जुट्नु सबैको साझा कर्तव्य भएको बताएका छन् ।

    बुधबार प्रतिनिधिसभा बैठकमा कांग्रेसका तर्फबाट सम्बोधन गर्दै आङ्देम्बेले भोटेकोशी बाढीपछि आफू र आफ्नो दलले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गर्नुका साथै प्रधानमन्त्री र सभामुखलाई जानकारी गराउँदै संसद् बैठक बोलाउन आग्रह गरेको बताए ।

    उनले कांग्रेस सरकारको साथमा रहेको तर सरकारले गरेका सबै कामलाई आँखा चिम्लेर समर्थन नगर्ने स्पष्ट पारे ।

    ‘राम्रो काम गर्छ भने साथ र समर्थन छ, बाटो बिराउँछ भने प्रश्न र खबरदारी पनि हुन्छ,’ उनले भने ।

    बाढी गएको एक साता बितिसक्दा पनि सबै कुरा ठिकठाक अवस्थामा रहेको भन्न नमिल्ने भन्दै आङ्देम्बेले सरकारको खोज तथा उद्धार कार्यमा भएको ढिलाइप्रति प्रश्न उठाए ।

    उनले उद्धार कार्यमा अन्तर्राष्ट्रिय सहयोग लिनसमेत ढिलाइ भएको बताए । गृहमन्त्री आफैँ सुरुङ खन्न गएको प्रसङ्ग उल्लेख गर्दै उनले उद्धारका लागि सम्बन्धित टोलीलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने धारणा राखे ।

    नागरिकको जीवनसँग जोडिएका विषय गालीगलौज नभई समीक्षा र खबरदारीको विषय भएको भन्दै उनले विपद् व्यवस्थापनमा सरकारलाई थप प्रभावकारी बन्न आग्रह गरे ।

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - १४:२३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij