Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी बाढीको पीडा रसुवा–नुवाकोट–धादिङको मात्र होइन : प्रधानमन्त्री शाह

भोटेकोशी बाढीको पीडा रसुवा–नुवाकोट–धादिङको मात्र होइन : प्रधानमन्त्री शाह


  • 589
    Shares

    भोटेकोशी बाढीको पीडा रसुवा–नुवाकोट–धादिङको मात्र होइन : प्रधानमन्त्री शाह
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका नागरिकलाई मात्र नभई सम्पूर्ण नेपालीको छातीमा पीडा दिएको बताएका छन् ।

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीले क्षणभरमै धेरै परिवारका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी गुमाएको भन्दै गहिरो दुःख व्यक्त गरे ।

    ‘भोटेकोशीमा आएको बाढीले क्षणभरमै आमाबुबा, दाजुभाइ र दिदीबहिनी खोसेर लग्यो,’ प्रधानमन्त्री शाहले संसदमा भने, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन, सम्पूर्ण नेपालीको छातीमा परेको पीडा हो ।’

    प्रधानमन्त्री शाहले विपद्को कठिन घडीमा सरकार पछि नहट्ने स्पष्ट पारे । प्राकृतिक विपद्सँग जुध्नुको विकल्प नभएको भन्दै उनले सरकार उद्धार, राहत र पुनर्निर्माणमा निरन्तर खटिरहेको बताए ।

    ‘यो विपदमा लड्नुको हामीसँग विकल्प थिएन, हामी लडिरहेका छौँ,’ उनले भने ।

    उनले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कार्यलाई तीव्र पारिएको जानकारी दिँदै पुनर्निर्माणका लागि सरकारले ठोस योजनासहित काम गरिरहेको बताए ।

    प्रधानमन्त्री शाहले विपद्को सामना गर्न सबै राजनीतिक दल, जनप्रतिनिधि तथा नागरिकलाई एकजुट भएर अघि बढ्नसमेत आग्रह गरे । 

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - १३:३७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij