Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

इयुका नयाँ राजदूत नेपाल आइपुगे

इयुका नयाँ राजदूत नेपाल आइपुगे


  • 512
    Shares

    इयुका नयाँ राजदूत नेपाल आइपुगे
    images

    काठमाडौं । नेपालका लागि युरोपेली युनियन (इयु) को नयाँ राजदूतमा चाल्र्स ह्वाइटली काठमाडौं आइपुगेका छन् । हिजो नेपाल आएर कार्यभार सम्हालेका चाल्र्सले सगरमाथाको देश नेपालमा आफ्नो नयाँ जिम्मेवारी सम्हाल्न पाउँदा खुसी लागेको बताएका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत नेपालमा बिताउने आगामी तीन वर्षको कार्यकालमा युरोपेली युनियनलाई नेपालको एक उत्कृष्ट र सुदृढ साझेदारका रूपमा अगाडि बढाउन सक्रिय भएर काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । कूटनीतिक क्षेत्रमा लामो अनुभव सँगालेका चाल्र्स यसअघि बङ्गलादेशका लागि राजदूतका रूपमा कार्यरत थिए ।

    सन् २०२१ देखि २०२४ सम्म बङ्गलादेशका राजदूतको रुपमा काम गरेका उनी अगस्ट २०२४ देखि युरोपेली बाह्य कार्य सेवाको दक्षिण एशिया महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । उ

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - १३:११:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij