Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला

नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला


  • 799
    Shares

    नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला
    images

    काठमाडौं । नागढुंगा–पातले वन क्षेत्रमा सडक भासिएपछि प्रभावित भएको सवारी आवागमन सहज बनाउन नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याइएको छ ।

    सडक विभागका अनुसार काठमाडौं–मुग्लिनतर्फ जाने पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन र दुईपाङ्ग्रे सवारीबाहेक अन्य सवारीलाई सुरुङमार्गबाट आवतजावत गर्न दिइएको छ ।

    पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन र मोटरसाइकललाई भने सडक भासिएको स्थानबाटै एकतर्फी रूपमा आवतजावतको व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

    भासिएको सडकको प्राविधिक अध्ययन गरेपछि मात्रै मर्मतको काम सुरु गरिने भएको छ । अध्ययनपछि सडक मर्मत तथा पूर्ण रूपमा सञ्चालनमा ल्याउनेबारे आवश्यक निर्णय गरिने सडक विभागले जनाएको छ ।  

     

     

    प्रकाशित मिति :भाद्र १७ २०८३ बुधवार - १२:२९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij