२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । रसुवा बाढीपीडितका लागि अमेरिकी संस्थाले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री नेपाल आइपुगेको छ ।
अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको राहत सामग्री काठमाडौं आइपुगेको हो । उक्त सामग्री बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संस्थामार्फत वितरण गरिने जनाइएको छ ।
राहत सामग्रीबाट करिब २ हजार ६ सय परिवारलाई सहयोग पुग्ने बताइएको छ । सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्रीका किट तथा सौर्य बत्ती लगायतका अत्यावश्यक सामग्री रहेका छन् ।
अमेरिकी दूतावासका अनुसार नेपालको आवश्यकता अनुरूप जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदार संस्थासँग नजिकबाट समन्वय भइरहेको छ ।
दूतावासले बाढीबाट प्रभावित परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन निरन्तर सहकार्य गर्ने जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij