Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढीमा ज्यान गुमाएका ८५ जनाको शव गोकर्णेश्वरको जंगलमा पुरियो

रसुवा बाढीमा ज्यान गुमाएका ८५ जनाको शव गोकर्णेश्वरको जंगलमा पुरियो


  • 2.5K
    Shares

    रसुवा बाढीमा ज्यान गुमाएका ८५ जनाको शव गोकर्णेश्वरको जंगलमा पुरियो
    images

    काठमाडौं । रसुवा बाढीमा ज्यान गुमाएका ८५ जनाको शव काठमाडौँको गोकर्णेश्वरस्थित जंगलमा पुरिएको छ। मंगलबार बेलुका तीनवटै सुरक्षाकर्मीको टोलीले गोकर्णेश्वर नगरपालिका ७ स्थित नेपाल ट्रष्टको नाममा रहेको जंगलमा पुरेको हो। 

    यसअघि ती शव त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो। तर सोमबार मध्यान्हसम्म पनि पहिचान खुल्न नसकेका शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले बताए। 

    ती शव जंगलमा लैजानु पहिले पहिचानका लागि प्रहरीले आफ्नो वेवसाइडमा राखेको थियो। यस्तै डीएनए परीक्षणका लागि फरेन्सिकका सबै प्रक्रिया पुरा गरेर जंगल लगिएको हो। 

    सोमबार दिउँसोपछि ल्याइएका शव भने त्रिवि शिक्षण अस्पतालमै राखिएको छ। ती शव पनि केही दिनमै पहिचान नभएमा त्यहीँ लगेर पुरिने छ। 

    यी शव पहिचान हुन सकेनन् र कोही सम्पर्कमा आएनन् भने डीएनए संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरेर व्यवस्थापन गरिने प्रहरीले जनाएको छ।

    ‘पछि डीएनए म्याच हुन आएका वखत मृतकका आफन्तलाई बुझाउन सक्ने गरी वा थप प्रक्रिया गर्ने गरी व्यवस्थापन गरिएको छ’, एसपी थापाले भने, ‘यसका लागि परिवारका सदस्यको नमुना संकलन गरिरहेका छौँ।’ 

    प्रहरीले सम्बन्धीत जिल्ला प्रहरी कार्यालय र काठमाडौँमा नेपाल प्रहरी अस्पताल महाराजगन्जबाट डीएनए परीक्षणका लागि नमुना संकलन गरिरहेको छ।

    रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या करिव ११ पुग्दा पनि एक सय जनाको पनि शव आफन्तलाई बुझाउन सकिएको छैन। शव छेदविछेद अवस्थामा भएकाले चिन्नै सकिएको छैन। कतिपयको भने विभिन्न अंग मात्रै फेला परेको छ।

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - २१:१५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij