२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सफ्टी हाइजिन प्रालिले २१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सहयोग गरेको हो । सहयोग रकमको चेक कम्पनीका सञ्चालक विजय पोखरेल र सुबास भण्डारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् ।
विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुग्ने उद्देश्यले आर्थिक सहयोग गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो सहयोगले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन तथा पुनर्स्थापना कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij