२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार लगातार घटिरहेको बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ९.२४ अंकले बढेर २,५२२ को विन्दुमा कायम भएको छ ।
आज १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ८४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४१ कम्पनीको ७६ लाख १३ हजार ६८१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९० करोड माथिको शेयर कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधन १.०० प्रतिशत घटेको छ । उत्पादन तथा प्रशोधनबाहेकका सबै समूहगत सूचक बढेका छन् । बैंकिङ ०.१८, विकास बैंक ०.११, फाइनान्स ०.२५, होटल तथा पर्यन ०.६६, लगानी ०.६१, जीवन बीमा ०.८९, माइक्रोफाइनान्स ०.०५, निर्जीवन बीमा ०.८७, अन्य ०.५४ तथा व्यापार ०.१० प्रतिशत बढेको छ ।
माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको मूल्य सबैभन्दा धेरै ७.१५ प्रतिशत बढेको छ । इमर्जिङ नेपालको ४.८५, सान्जेन जलविद्युतको ३.८१, मेन्छियाम हाइड्रोपावरको ३.६९, मान्डु हाइड्रोपावरकामे ३.६१ प्रतिशत मूल्य बढेको छ ।
उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.४८ प्रतिशत घटेको छ । घोराही सिमेन्टको ५.५३, सीवाईसी लघुवित्तको ५.३९, भगवती हाइड्रोपावरको ५.२७ प्रतिशत मूल्य घटेको छ ।
नेप्से परिसूचक बढेपनि हिजोको तुलनामा आज कारोबार रकम भने खुम्चिएको छ । आज सबैभन्दा धेरै सोलु हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १३ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको १० करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij