Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ड्युटीमा खटिएका प्रहरीको भिडियो खिच्न पाउनुपर्ने मागमा सर्वोच्चको कारण देखाऊ आदेश

ड्युटीमा खटिएका प्रहरीको भिडियो खिच्न पाउनुपर्ने मागमा सर्वोच्चको कारण देखाऊ आदेश


  • 750
    Shares

    ड्युटीमा खटिएका प्रहरीको भिडियो खिच्न पाउनुपर्ने मागमा सर्वोच्चको कारण देखाऊ आदेश
    images

    काठमाडौं । सार्वजनिक स्थानमा ड्युटीमा खटिएका प्रहरीको काम–कारबाही नागरिकले अडियो तथा भिडियोमार्फत रेकर्ड गर्न पाउनुपर्ने माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

    नेपाल ल क्याम्पसमा कानून विषय अध्ययनरत विद्यार्थी विवेक चौधरी र विकास यादवले सार्वजनिक सरोकारको विषय भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उक्त रिटमाथि मंगलबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

    इजलासले निवेदकले माग गरेबमोजिम आदेश किन जारी हुनु नपर्ने हो भन्दै विपक्षीहरूलाई आधार र कारणसहित लिखित जवाफ पेस गर्न आदेश दिएको छ। लिखित जवाफ सूचना म्याद तामेल भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न भनिएको छ।

    सर्वोच्चको आदेशमा निवेदनमा माग गरिएबमोजिम आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा विपक्षीको धारणा माग गर्दै रिट निवेदनको प्रतिलिपिसहित म्याद सूचना जारी गर्न भनिएको छ।

    रिट निवेदकका तर्फबाट अधिवक्ताहरू नारायणप्रसाद श्रेष्ठ र थीरबहादुर कार्कीले बहस गरेका थिए।

    सर्वोच्च अदालतको आदेशअनुसार लिखित जवाफ प्राप्त भएपछि वा १५ दिनको अवधि समाप्त भएपछि मुद्दा नियमानुसार पेस गरिनेछ।

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १५:०१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij