Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काठमाडौंमा ल्याइएका ११४ मध्ये १३ शव सनाखत, ४६ वटाको गोकर्णको जङ्गलमा व्यवस्थापन

काठमाडौंमा ल्याइएका ११४ मध्ये १३ शव सनाखत, ४६ वटाको गोकर्णको जङ्गलमा व्यवस्थापन


  • 1.5K
    Shares

    काठमाडौंमा ल्याइएका ११४ मध्ये १३ शव सनाखत, ४६ वटाको गोकर्णको जङ्गलमा व्यवस्थापन
    images

    काठमाडौं । विपद् प्रभावित जिल्लाहरूबाट पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएका १३ शवको मात्रै पहिचान खुलेको छ ।

    भोटेकोशीको बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङबाट त्रिवि शिक्षण अस्पतालमा ११४ वटा शव ल्याइएको थियो । तीमध्ये सनाखत भएको १२ वटा शव परिवारले बुझेर दाहसंस्कार गरेका छन् । सनाखत भएको एकजनाको शव बुझाउने प्रक्रियामा रहेको काठमाडौँका एसएसपी दिलिप घिमिरेले रातोपाटीलाई बताए ।

    पहिचान हुन नसकेका ४६ वटा शवहरू काठमाडौँको गोकर्णको जङ्गलमा सुरक्षित रूपमा गाडेर व्यवस्थापन गरिएको छ । गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका जङ्गलमा गाडेर शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘४६ जनाको शव गाडेर व्यवस्थापन गरिएको छ ।’

    स्थानीय प्रशासनले सोमबार निर्णय गरेर सो क्षेत्रमा शव व्यवस्थापन गरेको हो । शव गाड्नुअघि पहिचान नखुलेका शव र टुक्राटाक्रीको डिएनए नमुना सङ्कलन, फिंगर प्रिन्ट र पाँचथान फोटो लिइएको छ । 

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १४:४५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij