Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग

बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग


  • 1.5K
    Shares

    बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग
    images

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरुका लागि आर्थिक सहयोग गरेको छ । बैंकले बाढी प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापना र भौतिक पुनर्निर्माणमा सहयोग पुयाउने हेतुले ७० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

    जसमध्ये यस डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख र कर्मचारीको तर्फबाट २० लाख रुपैयाँ कोषमा जम्मा गरिएको हो । उक्त रकमको चेक सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले माननीय अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।

    सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि पनि विभिन्न विपद्मा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ । बैंकले यस विपद्मा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

    बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछ ।

     

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १३:४२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij