२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवाको स्याफ्रुवेंशीबाट दुई महिनाको शिशुसहित एक परिवारको उद्धार गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा जोखिम बढेपछि उनीहरूलाई स्याफ्रुवेंशीबाट उद्धार गरी रसुवाको सदरमुकाम धुन्चे ल्याइएको थियो । धुन्चे ल्याइएका उनीहरूलाई थप उपचार तथा सुरक्षित व्यवस्थापनका लागि अहिले काठमाडौं लगिएको छ ।
बाढी प्रभावितको उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् । यस्तै भारत, चीन र दक्षिण कोरियाबाट आएका विशेषज्ञ टोलीसमेत प्रभावित क्षेत्रमा खटिएका छन् ।
भोटेकोशी बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा फसेका तथा जोखिममा रहेका नागरिकको खोजी, उद्धार र सुरक्षित स्थानान्तरणको काम जारी रहेको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी





© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij