२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत अधिकृत नकुल शर्मा मृत अवस्थामा फेला परेका छन् ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव गोरखातर्फ त्रिशूली नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
हुम्लाको ताजाकोट गाउँपालिका–२ का स्थानीय शर्मा बाढीपछि सम्पर्कविहीन थिए । उनको शव पहिचान भएपछि पोष्टमार्टम गरिएको र परिवारले शव बुझिसकेको प्रहरीले जनाएको छ ।
गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीपछि हालसम्म ६५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने अझै केही व्यक्ति सम्पर्कविहीन रहेको बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij