Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी बाढी : ९८७ जनाको शव फेला, ३ हजार ९१६ अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : ९८७ जनाको शव फेला, ३ हजार ९१६ अझै सम्पर्कविहीन


  • 939
    Shares

    भोटेकोशी बाढी : ९८७ जनाको शव फेला, ३ हजार ९१६ अझै सम्पर्कविहीन
    images

    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म ९८७ जनाको शव फेला परेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म विभिन्न जिल्लाबाट ९८७ जनाको शव फेला परेको हो ।

    प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ । यस्तै, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ ।

    बाढी तथा पहिरोका कारण अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । मंगलबार बिहानसम्म ३ हजार ९१६ जना सम्पर्कविहीन छन् ।

    त्यस्तै, विपद्मा परी २७९ जना घाइते भएका छन् भने हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

    भोटेकोशीमा आएको बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनको काम जारी रहेको छ ।

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १२:०२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij