Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी बाढीः सडक अवरोधका कारण राहत वितरणमा कठिनाइ (तस्बिरसहित)

भोटेकोशी बाढीः सडक अवरोधका कारण राहत वितरणमा कठिनाइ (तस्बिरसहित)


  • 659
    Shares

    भोटेकोशी बाढीः सडक अवरोधका कारण राहत वितरणमा कठिनाइ (तस्बिरसहित)
    images

    काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका सवारी साधनहरू सडकको दयनीय अवस्थाका कारण बीच बाटोमै रोकिएका छन् । 

    निरन्तरको वर्षाले सडक हिलाम्मे र चिप्लो हुँदा राहत सामग्री पीडितसम्म पु¥याउन गम्भीर चुनौती खडा भएको हो । हाल रसुवाको नौकुण्ड गाउँपालिका वडा नं। ३ स्थित घिचेत क्षेत्रमा राहत सामग्री बोकेका सवारी साधनहरूको लामो जाम देखिएको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । 

    मुख्य सडक मार्ग बाढीले बगाउँदा वैकल्पिक सडकबाट सवारीसाधन गुडिरहेका छन् । वैकल्पिक सडक यात्राका लागि असहज बनिरहेको छ । बाढी र पहिरोले कतिपय स्थानमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद गरिदिएकाले प्रभावित क्षेत्रहरूमा सम्पर्क कायम गर्न र समयमै राहत सामग्री उपलब्ध गराउन समस्या उत्पन्न भएको छ । सडक अवरोध र प्रतिकूल मौसमका कारणउद्धार कार्य समेत प्रभावित बनेको छ । 

    r14.jpg

    r13.jpg

    r12.jpg

    r11.jpg

    r10.jpg

     

    r9.jpgr8.jpg

    r7.jpg

     

    r6.jpg

    r5.jpg

    r3.jpg

    r2.jpg

    r1.jpg

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - ११:५७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij