Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित हुँदा संसदीय क्यालेन्डर प्रभावित

प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित हुँदा संसदीय क्यालेन्डर प्रभावित


  • 757
    Shares

    प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित हुँदा संसदीय क्यालेन्डर प्रभावित
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि संसदीय क्यालेन्डर प्रभावित भएको छ । संसदीय क्यालेन्डरअनुसार सोमबार र मंगलबार प्रतिनिधिसभाको बैठक बस्नुपर्ने भए पनि बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन ।

    संघीय संसद् सचिवालयले भदौ १० गते सूचना जारी गर्दै प्रतिनिधिसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएको थियो ।

    क्यालेन्डरअनुसार सोमबारको बैठक बसेको भए कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । त्यसैगरी शून्य समय सञ्चालन गर्नुका साथै विभिन्न वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचीसमेत थियो ।

    त्यस्तै, मंगलबारको बैठकमा संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।

    मंगलबार शून्य तथा विशेष समय सञ्चालन गर्ने र मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रम गर्ने सम्भावित कार्यसूचीसमेत थियो ।

    तर, बैठक नै स्थगित भएपछि क्यालेन्डरअनुसारका कुनै पनि कार्यसूची अघि बढ्न सकेका छैनन् ।

    यसैबीच, प्रतिनिधिसभाको बैठक सञ्चालनको नयाँ मिति तय गर्न तथा प्रभावित संसदीय क्यालेन्डरका विषयमा छलफल गर्न आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सिंहदरबारमा बस्ने बैठकले प्रतिनिधिसभाको आगामी बैठक कहिले बोलाउने भन्ने विषयमा छलफल गर्नेछ ।

    क्यालेन्डरअनुसार आगामी बैठकमा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत रहेको छ । साथै, शून्य समय सञ्चालन गर्ने विषय पनि समावेश छ ।

    प्रतिनिधिसभाको आगामी बैठकका दिन र छलफल गरिने सम्भावित विषयहरू क्यालेन्डरमा उल्लेख भए पनि बैठक अनिश्चितकालका लागि स्थगित भएकाले ती कार्यसूची कार्यान्वयनमा आउन सकेका छैनन् ।

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - ११:१४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij