Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

शंकर ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा ४ करोड सहयोग

शंकर ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा ४ करोड सहयोग


  • 827
    Shares

    शंकर ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा ४ करोड सहयोग
    images

    काठमाडौं । भोटेकोशी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ ।

    शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    ग्रुपले विपद्को तेस्रो दिनमै गृह मन्त्रालयको समन्वयमा भैरहवाका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकको अस्थायी आश्रयका लागि २५ लाख रुपैयाँ बराबरका २ हजार ५ सय थान टार्पोलिन टेन्ट उपलब्ध गराएको जनाएको छ ।

    यसैबीच, शंकर ग्रुपले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, बेपत्ता भएकाहरूको सकुशल फिर्ताको कामनासमेत गरेको छ ।

    ग्रुपले विपद्को समयमा उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक तथा सरकारी अधिकारीहरूप्रति आभार व्यक्त गरेको छ ।

    राष्ट्रिय सङ्कटको समयमा सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो दायित्व भएको उल्लेख गर्दै शंकर ग्रुपले आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।  

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १०:५५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij